पाथीभराको ८५ प्रतिशत काम सकियो (फोटो फिचर )
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा चालु आ.व विनियोजित रकमबाट निर्माणको काम धमाधम भई रहेको छ । संघीय सरकार र प्रदेश सरकारको आर्थिक सहयोगमा पाथीभरामा पदमार्ग ट्रस ,पाथीभारा तीर्थयात्री विश्राम गृह र बाटो निर्मााण लगायतका काम अहिले धमाधम भई रहेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफलेका अनुसार संघीय सरकारको प्रदेश सरकार उद्योग वन तथा बातावरण मन्त्रालयले पाथीभरा पदमार्ग ट्रसका लागि ८० लाख,पाथीभारा तीर्थयात्री विश्राम गृहका लागि २५ लाख रकमले धमाधम काम भई रहेको बताउनुभयो । त्यस्तै संघीय सरकारको सहयोगमा ईन्सीनेरेटर १० लाख र पदमार्ग २० लाख,खानेपानी टंकी निर्माणका लागि ५ लाख र गुरुयोजना निर्माणका लागि ५ लाखको काम पनि धमाधम भई रहेको कार्यकारी काफ्लेले बताउनुभयो । निर्देशक काफले अहिले सम्म ८५ प्रतिशत काम सकिएको र असार १५ मा सवै काम सकिने बताउनुभयो ।