तोकिएको भन्दा बढी भाडा लिएर उडान गर्न खोजेपछि रोक
काठमाण्डौ । तोकिएको भाडा दर भन्दा बढी भाडा लिएर एयर अरविया नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले उडान रोकिदिएको छ ।
अरबियाले दुवई काठमाण्डौको लागि पाँच सय डलर लिएर दुवई काठमाण्डौ उडान गर्ने प्रस्ताब लिएर मन्त्रालयमा आएपछि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाईन्सको भन्दा महगो भएको भन्दै प्रस्ताब अस्वीकार गरेका हुन । ।
मन्त्री भट्टराईले नेपालीहरुको उद्धारको लागि नेपाल एयरलाईन्सले सामाजिक उत्तरदायित्व निर्वाह गदै सस्तोमा पनि उडान भर्न तयार भएको बताउदै नेपाल एयलाईन्सको भन्दा सस्तोमा जुन सुकै एयरले पनि नेपालीहरुलाई उद्धार गर्नमा कुनै रोकतोक नभएका बताए ।
नेपाल एयरलाईन्सको दुबई काठमाण्डौको भाडा दर भने ३६० डलर कायम गरिएको छ । एयर अरवियाले भने जुन ५ मा १६८ जना र एक जना बच्चालाई ५०० डलरमा दुवईबाट काठमाण्डौ लिएर आएको थियो ।