मनबाट भगाउनुस् कोरोनाको भय, यसबाट बच्न अपनाउनुस् यी १० सहज उपाय
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको कहर अझै पनि संसारभर फैलिरहेको छ। वैज्ञानिकहरु यो भाइरसको संक्रमण रोकथामका लागि भ्याक्सिन तथा औषधि विकासमा लागिपरेका छन् तर अहिलेसम्म सफलता हात पारेका छैनन्।
मानिसहरुमा कोरोनाको डरत्रास अझै हटेको छैन। यो महामारीको साढे ५ महिनायता विश्वले ठूलो संकट व्यहोर्नुपरेको छ। थुप्रैले ज्यान गुमाएका छन्। अहिले स्वास्थ्य जोखिमसँगै आर्थिक संकटको गहिराइ पनि उत्तिकै बढिरहेको छ।
के अब मानिसको दिनचर्या डरमै बित्ने भयो त रु पक्कै पनि होइन। यदि औषधि वा भ्याक्सिन विकास नभए पनि अब मानिसले यो संक्रमणबीच आफ्नो दिनचर्या अगाडि बढाउनुपर्छ। त्यसका लागि यो संकटबाट बच्नका लागि सरसफाइ र खानपानमा विशेष ध्यान दिन जरुरी छ।
यो महामारीबाट बच्दै जीवनयापना अगाडि बढाउने १० टिप्सबारे चर्चा गरौँ –
१। कुनै पनि चिज खानुअघि र बनाउनुअघि तथा खाएपछि वा बनाएपछि आफ्नो हात राम्ररी साबुनपानीले धुनिहोस्। त्यसका लागि आफ्नो मोबाइलमा २०–३० सेकेन्डसम्म राम्रो धुन वा संगीत बचाउनुहोस्। अनि त्यो धुन नसकिन्जेलसम्म हात साबुपानीले धुनुहोस्।
२। आफ्नो भोजनमा एन्टीभाइरल फुड आवश्य सामेल गर्नुहोस्। यसले तपाइँको इम्युनिटी सिस्टम मजबुत गर्नेछ। यसबाट तपाइँमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
३। खानामा सस्र्यूंको तेल, बदामको तेल, नरिवलको तेल, सोयाबिनको तेल प्रयोग गर्नुहोस्। सम्भव भएसम्म रिफाइन्ड आयल र वनस्पति घ्यू प्रयोग नगर्नुस्।
४। हरेक दिन बिहानीको समयमा खाली पेटमा ५–६ पत्ता तुलसी पानीमा मिलाएर पिउनुहोस्। तुलसी पत्ता पिसेर पानीमा हालेर खानुहोला। तुलसी पत्ता नचपाउनुहोस्।
५। भिटामिन सी प्राप्तिका लागि आहारमा आँप, लिची, मेवाजस्ता फलफूल अनि मरिच, अमलाको अचार खाँदा राम्रो हुन्छ।
६। समयसमयमा वेरिज वा स्टबेरिज उपभोग गर्नुहोस्। यसले शरीरलाई भाइरसबाट सुरक्षा प्रदान गर्छ।
७। हरेक दिन थोरै भए पनि सौफ सेवन गर्नुहोस्। यसम सिकिनमिक एसिड पाइन्छ। जसले एन्टीभाइरका रुपमा काम गर्छ। तपाइँ चाहनुहुन्छ भने हरेक दिन सौफ पानीमा मिसाएर पनि सेवन गर्न सक्नुहुन्छ। त्यसका लागि सौफ हालेर पानी उमाल्नुहोस् र अनि केही समयपछि छानेर पिउनुहोस्।
८। अदुवा, लसुन, मह, कालो मरिच, दालचिनी, अलैंची, ल्वाङ, पिपल आदि मिश्रित पानी पिउनुहोस्। यसले इम्युन सिस्टम मजबुत बनाउन मद्दत गर्छ। यसले विभिन्न रोगको संक्रमणबाट पनि बचाउँछ। कारण यसमा एन्टीभाइरलको तत्व निकै मात्रामा पाइन्छ।
९। हरेक ताजा भोजन नै खानुहोस्। बासी भोजन नखानुहोस्। अर्थात् बिहान पकाएको खाना साँझ नखानुहोस्। त्यस्तै साँझ बनाएका खानेकुरा भोलिपल्ट बिहान नखानुहोस्।
१०। पानी मनग्य पिउनुहोस्। यसका साथै ग्रिन टी, विभिन्न प्रकारका काँडा पानी, सुप आदि सेवन गर्दा पनि शरीरका लागि फाइदाजनक हुन्छ। – एजेन्सी