लकडाउनको मोडालिटी परिर्वतन : पसल खुल्ने, सवारीमा जोर विजोर

के के खुल्छ हेनुहाेस लिस्ट
वेलकम खबर
जेष्ठ २८, २०७७

काठमार्डाैं । करिब ३ महिनाको लकडाउनका कारण जनजीवन कष्टकर बनेको र ब्यवसाय संचालन गर्न नपाएका कारण नागरिक सडकमा उत्रिएपछि सरकारले पसल र व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ। बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो

यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। यो निर्णय भोलि बिहीबारदेखि नै लागू हुने एक मन्त्रीले जानकारी दिएका छन्।

त्यसैगरी सरकारले सशस्त्र प्रहरीका ३ एआइवीको सरुवा पनि गरेको छ। एकेडेमीका एआइजी पुष्पराम केसीलाई मानवस्रोत विभाग, कार्यविभागका नारायणबाबु थापा एकेडेमी र मानवस्रोतका एआइजी रामशरण पौडेलको कार्यविभागमा सरुवा भएको। सशस्त्र प्रहरी बलका एआइजीहरुको सरुवा केही समयअघि गर्न खोजिए पनि आइजीपी शैलेन्द्र खनालले १ बर्ष नपुगी गर्न मानेका थिएनन्। उनले नमानेपछि गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रस्ताव नल्याए गृहले नै गर्ने चेतावनी दिएपछि उनी गलेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*