प्रधानमन्त्री ओली आज राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
उनले बिहान ११ बजे लकडाउनको नयाँ स्वरूप, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संवोधन लगत्तै दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मीन्त्रपरिषद्को बैठक बस्ने तालिका रहेको छ ।
बैठकमा १ असारबाट क्रमशः लकडाउन खुकुलो खोल्ने विषयमा निर्णय हुन सक्ने बुझिएको छ ।