भारत गएका ५१ जनालाई सामुहिक रुपमा ताप्लेजुङ भित्र्याइयो
ताप्लेजुङ । रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका ५१ जना आज बिहान ताप्लेजुङ आइपुगेका छन् । उनीहरुलाई दुइवटा बसमा फर्काइएको हो । विभिन्न नाका हुँदै नेपाल फर्किएका उनीहरुलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएको पीसीआर परीक्षण नेगेटिभ आएपछि घर फर्कन पाएका हुन् ।
भारतबाट काँकरभिट्टा नाका भएर फर्किएकालाई झापाका क्वारेण्टिनमा राखिएको छ । भैरहवा नाका भएर आएकालाई झपाकै बुद्धशान्ति गाउँपालिकामा राखिएको छ । बुद्धशान्ति र भोक्रामा राखिएका मध्ये चारजनामा कोरोना संक्रमण देखिएपछि धरानमा उपचार भइरहेको छ ।