थपिए २ सय १ जना,संक्रमितको संख्या २३ सय पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । उपचार पछि डिस्चार्ज हुनेमा २ सय ७८ जना रहेका स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ८ जनाको मृत्यु भएको छ ।