सर्पले डसेर ताप्लेजुङमा १ जनाको ज्यान गयो
ताप्लेजुङ ।सर्पले डसेर ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको देवलिङ्गेमा १ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख९डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार ज्यान जानेमा ६८ वर्षिय पत्नालाल बम्जन तामाङ् रहेका छन् ।
शौच गर्ने क्रममा घर बाहिर निस्कीएका उनलाई सर्पले डसेको र उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । डिएसपी श्रेष्ठले घटनाका बारेमा बिस्तृत बिवरण तयार पार्ने क्रम सुरु भएको जानकारी दिए ।