आइसोलेसन र क्वारेन्टाइनमा रहेका दुई जनाको मृत्यु, स्वाब परीक्षण गरिँदै

वेलकम खबर
जेष्ठ २१, २०७७

काठमाडौं । डडेलधुरा र पाल्पामा क्वारेन्टाइनमा बसेका २ जनाको मृत्यु भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका असिग्रामस्थित आधाभूत विद्यालय रौनाकोटको क्वारेन्टाइनमा बसेकी एक महिलाको गएराती मृत्यु भएको छ ।

दुई दिनअघि भारतबाट नेपाल आएकी उनी राती शौचालय जाने क्रममा एक्कासी बोहोस भएको र घटनास्थलमै मृत्यु भएको गाउँपालिका उपाध्यक्ष कमला ठगुन्नाले जानकारी दिइन् । बान्तामा रगत पनि देखिएको थियो । उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको छ ।

त्यस्तै भारतबाट फर्किएका पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको पनि पाल्पाको आइसोलेसन कक्षमा मृत्यु भएको छ ।

पाल्पाको युटाइटेड मिसन अस्पतालको आइसोलेसमा उनको हिजो मृत्यु भएको मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए ।

स्वास लिन समस्या भएपछि उनको मृत्यु भएको हो । उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*