ताप्लेजुङको ५० जना पत्रकार तथा सञ्चारकर्मीको कोरोना विमा हुने

वेलकम खबर
जेष्ठ १४, २०७७

ताप्लेजुङ । प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले जिल्लाका विभिन्न सञ्चार माध्यममा क्रियाशिल रहेका ५० जना पत्रकार तथा सञ्चारकर्मीको कोरोना विमा गरिदिने भएको छ । प्रत्येक व्यक्ति बरावर १ लाख रुपैयाँ बरावरको कोरोना विमा गर्ने भएको हो । जसको लागि तथ्याङक सङकलन गर्ने काम भईरहेको पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङको कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक (प्रयास) लिम्बूले जानकारी दिनुभयो ।लिम्बुका अनुसार यदि विमीत पत्रकारको  स्वास्थ्य मन्त्रालयद्धारा कोरोना भाइरस सङक्रमित भएको पुष्टि भएमा विमाङक रकम वरावर दावी  गर्न सकिने छ ।

यस अघि  पत्रकार महासंघ ताप्लेजुङ र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको सहयोगमा जिल्लाका ३० जना सञ्चारकर्मी तथा पत्रकारहरुको कोरोना परिक्षण भएको थियो । अग्रभागमा खटिएर काम गर्ने ९ जनाको पिसिआर र २१ जना को आरडीटी परीक्षण  गरिएको हो । जसमध्ये आरडिटी परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएकोछ भने पिसिआर  परिक्षण गर्ने ९ जनाको  रिपोर्ट आउन बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जानकारी दिएको छ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*