पत्रकार अधिकारी सहित ६ पत्रकारले पाउने भए राष्ट्रिय युवा पत्रकारिता पुरस्कार

वेलकम खबर
जेष्ठ १४, २०७७

ताप्लेजुङ,। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका पत्रकार खगेन्द्र अधिकारी सहित ६ जना पत्रकार पुरस्कृत हुने भएका छन् ।

नागरिक दैनिकमा जिल्ला सम्बाददाता र ताप्लेजुङबाट प्रकाशित उज्यालो पोष्ट दैनिकका सम्पादक रहेका अधिकारी पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत हुन् । युवा तथा खेलकुद मन्त्रालयले मंगलवार अबेर सूचना जारी गर्दै राष्ट्रिय युवा पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कृत हुने पत्रकारहरुको सूची सार्वजनिक गरेको हो । जनही ५० हजार रुपैंया राशीको पुरस्कार पाउनेहरुमा अधिकारी सहित सीआईनका गीता चिमोरिया,अन्नपूर्ण पोष्ट दैनिकका गंगा खड्का,एसडिजी स्टुडियोका निरज न्यौपाने,रेडियो नेपालका रत्नाकुमारी चौधरी र हिमाल मिडियाका शुष्मा बराईली रहेका छन् ।

युवा पत्रकारिता पुरस्कार कार्यविधि २०७५ अनुरुप गरिएको मूल्याङ्कनबाट छनौट भई गएका नामावलीलाई मन्त्रालयको २०७७ साल जेठ १३ गतेको निर्णयले अनुमोदन गरी अनुसार पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरिएको मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ । बिद्यमान असहज परिस्थितिका कारण पुरस्कृत हुने पत्रकारले पाउने पुरस्कार राशी पुरस्कृत पत्रकारको बैंक खातामा जम्मा गरिने र परिस्थिति सहज भएपछि प्रमाण पत्र बितरण गरिने मन्त्रालयले सूचनामार्फत भनेको छ । पुरस्कारका लागि मन्त्रालयले २०७६ साल असोज २८ गते दोस्रो आबेदन आवहन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*