झापाको अमन फार्मेसीले ताप्लेजुङका लागि दियो औषधिसहितको स्वास्थ्य सामग्री

वेलकम खबर
जेष्ठ १३, २०७७

 

ताप्लेजुङ,जेठ १३ । झापाको बिर्तामोडमा रहेको अमन फार्मेसीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा क्रियाशिल ताप्लेजुङका स्वास्थ्यकर्मीहरुका लागि बिभिन्न व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
९ स्थानीय तह र ताप्लेजुङ जिल्ला अस्पताललाई फार्मेसीले दिएको ति सामग्री कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिलाई एकमुष्ट बुझाईएको फार्मेसीले सामग्री व्यवस्थापनका लागि तोकेको फोकल पर्सन डिल्लीरमण पौडेलले जानकारी दिए । उनका अनुसार फार्मेसीले १ हजार २ सय थान सर्जिकल मास्क,१ सय थान सेनीटाईजर र २० थान एन–९५ मास्क र १ हजार २ सय थान निरामाईन ट्याब्लेट ताप्लेजुङका लागि दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*