जिस्किँदा जिस्किँदै जागिर चट्

वेलकम खबर
जेष्ठ १३, २०७७

सचिवले ‘के छ खबर ?’ भनेरमात्रै के सोधेका थिए, सिडिओले ‘दारु–सारु, अगडम्बगडम्…’ गर्न थाले ।

संगतले साथीजस्ता,उमेरले भाइ–भतिजोजस्ता सचिव ।
खाएको–पिएकोमात्रै हैन,उठेको–सुतेको कुरासम्म शेयर हुन्थ्यो ।

तर, साथी वा भाइ नै भए पनि सचिवको पद भएपछि कुरा फरक हुन्छ ।

‘आऽऽ, कति टेन्सन लिने यार’, बाँकेका सिडिओ कुमारबहादुर खड्का गत साता गृहसचिव महेश्वर न्यौपानेसँग भन्दै थिए, ‘एकाबिहानै केटो (सहयोगी) ले चिया सोध्नै छाड्यो, कुन दारु खाने सर पो भन्छ !’
महेश्वर चकित खाए ।

नरैनापुर क्वारेन्टाइनका कारण कोरोनाले सबभन्दा बढी खतरा बढाएको जिल्लाको सिडिओले यस्तो कुरा गरेको सुनेपछि सचिव झस्किए ।

‘के’रे ? के’रे ? फेरि भन्नुस्  त’, अचम्म मान्दै सोधे ।
सिडिओले फेरि भने, ‘अरु काम खासै छैन । दारु खाने, तास खेल्ने– त्यस्तै त हो नि…!’

सिडिओको कुराले सचिव नै आत्तिए !

ती सिडिओको ट्रयाक रेकर्ड हेर्ने कुरा भयो ।

दुई वर्षअघि कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा उनी त्यहाँका सिडिओ थिए ।

घटनाको सूचना पाएर पनि सामान्य घटनाझैँ लापरवाही गर्दा त्यही कुराले देश–विदेश हल्लियो । उनी त्यहाँबाट तानिए ।

अहिले पनि नरैनापुरको क्वारेन्टाइनमा बसेको मान्छे संक्रमित भइवरी ज्यान गएपछिमात्रै संक्रमण भएको थाहा पाउनुपर्ने स्तरको कमजोरी हुनुका पछाडि उनको प्रशासनिक परिचालनमै कमजोरी भएको गृहको ठम्याई थियो ।

वैशाख ३१ गतेअघि जारी भएका सबैखाले सवारी पास रद्द गर्ने निर्णय गृह मन्त्रालयले गरेको थियो । तर, जेठको पहिलो साता लाग्दा पनि रुपैडिया नाकाबाट थामिनसक्नुको मानिसका ताँती देखिन्थ्यो । राख्न त ती सबैलाई क्वारेन्टाइनमै राखियो । तर, यस्तो क्वारेन्टाइन कि, क्वारेन्टाइन नभएर माछा बेच्ने बजारजस्तो ।
प्रहरी र सशस्त्रका एसपीहरु सिडिओको आदेश पर्खिएर क्वारेन्टाइन व्यवस्थापनको काममा लाग्न तम्तयार थिए ।

तर, सिडिओबाट आदेश आउँदैनमात्रै हैन, सोध्दा पनि ‘मिलाएर गर्नुस् न यार’ भन्दै हकार्नेबाहेक अरु कुरै आउँदैन । जबकि, क्वारेन्टाइन व्यवस्थापनबारे गृह मन्त्रालयले नीति बनाएको छ । प्रत्येक जिल्लामा सिडिओमार्फत ती नीति कार्यान्वयन गर्ने निर्देशन छ । तर, बाँकेमा सिडिओ छन् कि छैनन् भनेजस्तो अवस्था भइदियो ।

प्रहरीका एसपी वीरबहादुर ओली र सशस्त्रका दीपक अधिकारी आ–आफ्ना हेडक्वार्टरलाई भन्दै थिए, ‘हामी अन्यौलमा पर्यौं । कसरी काम गर्ने हो ?’

दुबैतिरका आइजिपी गृहमा सचिवसँग कराइरहेका थिए, ‘बाँकेमा भद्रगोल भयो । कसरी मिलाउने सर ?’

यस्तो भएपछि त्यहाँका सिडिओ कुमार मन्त्रालयमा बोलाइए ।

सचिवले ‘के छ खबर ?’ भनेरमात्रै के सोधेका थिए, सिडिओले ‘दारु–सारु, अगडम्बगडम्…’ गर्न थाले ।

जम्मा डेढ महिना जागिर बाँकी भएका कुमारलाई त्यहाँबाट तानेर मन्त्रालयमा ल्याउने, यतै बसेर पेन्सनपट्टा बनाउन् भन्दै मन्त्रालय तान्ने कुरा भयो ।

यसपछि सिडिओमध्येका सबभन्दा जिम्मेवार मान्छेको खोजी भयो । लामो समयदेखि विभिन्न जिल्लामा सिडिओ चलाउँदै, प्रशासनिक परिचालन र विपद् व्यवस्थापनमा पनि राम्रो अनुभव हासिल गरेका रामबहादुर कुरुङवाङलाई बाँके पठाइयो । उनी स्याङ्जाका सिडिओ थिए ।

भूकम्पको समयमा प्यूठान, स्याङ्जाअघि बर्दियामा सिडिओ चलाउँदा उनीसँग मन्त्रालयका हाकिमदेखि राजनीतिक नेतृत्वसमेत सन्तुष्ट थियो । नेपाली सेनाको सेकेण्ड लप्टनबाट जागिर शुरु गरेका उनका व्याचीहरु अहिले फूलकर्णेल छन् । उनले चाहिँ निजामति सेवामा आकर्षण देखे, सेनाको जागिर छाडे । शाखा अधिकृतबाट निजामतिमा प्रवेश गरेका उनी फौजी तालिम प्राप्त देशका एकमात्र सिडिओ हुन् । निजामती सेवाअन्तर्गत पनि उनीचाहिँ गृहकै क्याडर हुन् । तेह्रथुममा जन्मिएका लिम्बू हुन् । जनआस्थाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*