मृत्युु भएकाे सहित ७ थपियाे,संक्रमितकाे संख्या ६ सय ८२ पुग्यो
काठमाण्डौ । कोराना संक्रमण दैनिक रुपमा बढी रहेको छ । सोमवार विहान मात्र ७२ जना संक्रमित बढ्यो भने दिउसो केही दिन अघि बाराको करैयामाई गाउपालिका ७ का ७० बर्षिय बुद्धाको मृत्यु भएको थियो उनको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि थप सात जना संक्रमित थपिएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । थपिएकाहरु काठमाण्डौ वडा १५ का १ जना, पर्सा १ जना, बर्दिया ३, जना अछाप १ गरी
कुल ६ सय ८२ पुगेको जनाएको छ ।
डिस्चार्ज प्रदेश १ मा २६ जना २ मा ३३ जना बागमतिमा ११ जना ४ मा २ ५ मा ३४ जना र ६ मा ५ जना गरी कुल एक सय १२ जना भएको जनाईएको छ ।