सरकारले जारी गरेको निर्देशन पालना गदै ईद मनाउन पर्यटन मन्त्रीको आग्रह

वेलकम खबर
जेष्ठ १२, २०७७

काठमाडौं । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र (ईद) का अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले
शुभकामना दिदै कोभिड –१९ विरुद्धको यो संघर्षमा विजय प्राप्त गर्न सरकारले जारी गरेका निर्देशन पालना गदै ईद मनाउन ईस्लाम धर्मावलम्बीहरुलाई  आग्रह गर्नु भयो ।

सोमवार शुभकामना सन्देश जारी गदै मन्त्री भट्टराईले बन्दाबन्दीको पालनाले निश्चय नै यस महान पर्व हर्षाेल्लास रुपमा मनाउने कुरा प्रभावित भएपनि ईस्लाम धर्मावलम्बीहरु जहाँ छौ त्यहीं, सुरक्षित रुपमा परिवार भित्रै पर्व मनाउन र आपसी सद्भावलाई साटासाट गर्न अनुरोध समेत गर्नु भएको छ ।

शुभकामना नोटमा भनिएको छ संविधानको प्रस्तावनामा नै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधतबिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको जनाउदै सवैले यस्ता पर्वले नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीच आपसी, सद्भाव, सहिष्णुता र भाइचारा एवं पारस्परिक एकतालाई अझै प्रगाढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा हातेमालो गर्दै अगाडी बढ्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*