थपिए नौ जना संत्रमित, संक्रमितको संख्या चार सय ५३ पुग्यो
मृत्यु हुनेको संख्या ३ पुग्यो
काठमाण्डौ । विहिवार कोरोना संक्रमित ९ जना थपिएको छ थपिनेमा रुपेन्ही जिल्लाका एक जना र झापामा आठ जना रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । संत्रमित हुनेहरु १७ बर्ष देखि २७ बर्ष सम्म रहेका छन । हाल सम्म संक्रमति हुने हरु चार सय ५३ पुगेको छ । संक्रमित हुनेहरु तीन ८३ पुरुष र ७० जना महिला रहेका जनाएको छ ।
आज चार जना सहित कुला ४९ जना कोरोनालाई जितेर डिस्चार्ज भएको छन कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
निमावि स्कुलका प्रधानाध्यापक उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।