थप ७ जनामा देखियो कोरोना,चार सय ३४ पुग्यो
काठमाडौं ।थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ।
प्रदेश १को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ।
प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको मुख्यमन्त्री कार्यालयकाे भनाइ छ।
यसअघिका २५ जनासहित बुधबार ३२ जना संक्रमित थपिएका छन्।
हालसम्म कुल संक्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ।