कोरोना संक्रमित भेटिएपछि काठमाडौंका मैतीदेवी सिल
काठमाडौं । काठमाडौंको मैतीदेवीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रलाई सिल गरिएको छ । कमलपोखरी प्रहरी वृत्तले अहिले उक्त क्षेत्र सिल गरेको छ । मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ ।
संक्रमित युवा रामेछापको भएको र उनी गत वैशाख ३० गते रामेछापबाट काठमाडौँ आएको प्रहरीले जनाएको छ । उनमा बुधबार संक्रमण पुष्टि भएको थियो । ती युवालाई पाटन अस्पताल लगिएको छ । उनीसँगै बस्ने एकजनाको रिपोर्ट आउन बाँकी रहेको छ ।