ताप्लेजुङ सरोकार केन्द्रले राजविराजमा बाड्यो राहत
काठमाडौं । लकडाउनले समस्यमा परेका १७ जनालाई राजविराजमा राहत वितरण गरिएको छ ।
ताप्लेजुङ सरोकार केन्द्रको सहयोगमा राहत वितरण गरेको सुधामा डिजाईनिङ एण्ड प्रिन्टीङ सेन्टरका प्रोपाईटर विशाल चौधरीले बताउनुभयो । चौधरीले राजविराज नगरपालिकाका अति विपन्न १७ परिवारलाई प्रति परिवार १० केजी चामल २ बटा साबुन, एक केजी नुन र चाउचाउ वितरण गरेको बताउनु भयो ।
अति समस्या परेकाहरुलाई सहयोग गर्नु नै मानवीय धर्म रहेको साथै संस्थाको उद्देश्य पनि सामाजिक सेवानै भएकोले राजविराजमा समस्या परेकाहरुलाई पनि सहयोग गरेको सरोकार केन्द्रका कोषाध्यक्ष मिङमा डण्डु लामाले बताउनुभयो ।