लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा आज सार्वजनिक गरिँदै
काठमाण्डौ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गर्ने भएको छ।
मन्त्रिपरिषदबाट सोमबार पारित भएको उक्त नक्सा बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सार्वजनिक गर्ने कार्यक्रम छ।
नक्सा सार्वजनिक गर्ने उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने मन्त्री पद्मा अर्यालको सचिवालयले जनाएको छ।
बुधबार दिउँसो २स्१५ बजे नक्सा सार्वजनिक गर्ने मन्त्रालयको भनाइ छ।
पद्मा अर्याल / Padma Aryal सचिवालय
अत्यन्त जरुरी सूचना !
नेपाल सरकार मन्त्री परिषद्बाट लिम्पियाधुरा समेत समेटिएको नेपालको नक्सा स्विकृत भएको यहाँहरुलाई जानकारी नै छ । यसै सन्दर्भमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम आज (मिती २०७७ जेष्ठ ७ गते) नेपाल टेलिभिजन मार्फत आयोजना गर्दैछ ।
दिउँसो २ः१५ बजे नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिने भएकोले सम्पुर्ण सञ्चारमाध्यमहरुले त्यसै प्रत्यक्ष प्रशारणबाट समाचार सम्प्रेषण गर्नुहुन सबैमा अनुरोध गरिन्छ ।
साथै नक्साको इलेक्ट्रिक कपी सबै सञ्चारमाध्यमलाई इमेल मार्फत उपलब्ध गराइने जानकारी गराइन्छ ।