कालिमाटी वृत्तका दुईजना प्रहरीमा कोरोना संक्रमण, कालिमाटी वृत्त सिल
काठमाडौं,।महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुईजना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा मङ्गलबार एक जना सइ र एक जवानमा कोरोना सङ्क्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो । लकडाउन कार्यान्वयन गराउन उनीहरु नियमित जसो फिल्डमा खटिने गरेका थिए।
उनीहरु दुवैजनामा कोरोना संक्रमण देखिएपछि प्रहरीले अहिले वृत्त सिल गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख रुगम कुँवरले बताउनुभयो ।
अन्य प्रहरी सबैको नमूना परीक्षण गरेर उनीहरुलाई क्वारेन्टाइनमा पठाइने उहाँले बताउनुभयो ।