भारतबाट आएको भाइरस कडा देखियो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताउनु भएकाे छ ।
सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताउनुभयाे। उहाले भन्नुभयाे ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।
पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उहाले बताउनुुुुुभयाे। यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उहाले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गर्नुभयाे ।