६ सहसचिवको सरुवा

वेलकम खबर
जेष्ठ ५, २०७७

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालय विशेष स्रोतका अनुसार आज सोमबार बिहान विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरत सहसचिवहरूलाई प्रदेश तथा मन्त्रालयमा सरुवा गरेको हो ।मन्त्रालयकाअनुशार भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक दीपक काफ्लेलाई सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशमा सरुवा गरिएको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूमिराज शर्मालाई अर्थ मन्त्रालयमा ल्याइएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश नम्बर ५ का सचिव शङ्कर प्रसाद खरेललाई सामाजिक विकास मन्त्रालय, सुदूर पश्चिम प्रदेश पठाइएको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेषनारायण पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ भने सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका हरि प्रसाद लम्साललाई मुख्यमन्त्री कार्यालय हेटौडामा सरुवा गरिएको छ । सामाजिक विकास मन्त्रालय, बाग्मती प्रदेशका सचिव गोकर्णमणि दुवाडीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । उनलाई आइतबार(हिजो) मात्रै सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*