नेपालमा कोरोना सङ्क्रमित पत्रकारको सङ्ख्या ५ पुग्यो
काठमाडौँ। नेपालमा कोरोना भाइरस सङ्क्रमित पत्रकारको सङ्ख्या सोमबार सम्ममा पाँच जना पुगेको छ। नेपालमा पाँच जना पत्रकारलाई कोरोना भाइरस समक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार प्रेस नोट जारी गर्दै बाराका पुरुष पत्रकारलाई सङ्क्रमण भएको पुष्टि गरे सँगै नेपालमा कोरोना सङ्क्रमित पत्रकारको सङ्ख्या पाँच पुगेको हो। उनी बारा करैयामाईका ३८ वर्षीय पत्रकार हुन।
यस अघि पर्सा, धनुषा र उदयपुरका पत्रकारमा सङ्क्रमण पुष्टि भएको थियो। पर्सामा दुई, धनुषामा एक र उदयपुरमा एक पत्रकारमा सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सबै पत्रकारहरूको उपचार भइरहेको जनाइएको छ। नेपालमा अहिले सम्म सङ्क्रमित सङ्ख्या ३०४ पुगेको छ। भने दुई जनाको मृत्यु भएको छ। साथै ३५ जना निको भएर घर फर्किएका छन्।