कोरोनाले नेपालमा फेरि एक युवकको मृत्यु, मृत्यु हुनेको संख्या दुई पुग्यो
काठमाण्डौ । नेपालमा कोरानाले फेरि एक जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका एक जनाको आइतबार विहान मृत्यु भएको हो । भारतको मुम्बईबाट स्वदेश फर्किएका २५ वर्षीय युवकको आइतवार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत जनाएको छ । मन्त्रालयले युवकको पत्रकार सम्मेलनबाट कोरोनाका कारणले मृत्यु भएको पुष्टि गरेको हो । यो सगै सँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।