बाँकेको क्वारेन्टिनमा मृत्यु भएका युवकमा देखियो कोरोना संक्रमण,कोरोनाले मृत्यु हुनेको संख्या नेपालमा दुई पुग्यो

वेलकम खबर
जेष्ठ ४, २०७७

काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका एक जनाको आइतबार विहान मृत्यु हुने युवाको कोरोनाका कारणले  मृत्यु भएको पुष्टि भएको छ। आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो।

भारतको मुम्बईबाट स्वदेश फर्किएका २५ वर्षीय युवकको आइतवार विहान मृत्यु भएको थियो। सँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*