काठमाडौंमा सबैको कोरोना परीक्षण गरिने

वेलकम खबर
जेष्ठ १, २०७७

काठमाडौं। काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ ।

पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । महानिर्देशक श्रेष्ठका अनुसार सर्वसाधारणको आजै (बिहीबार) देखि नै कोरोना परीक्षण थालिनेछ । शुरुमा कालीमाटी  फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

‘काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरेका छौं’ श्रेष्ठले भन्नुभयाे ‘परीक्षणमा यदि कसैलाई पोजेटिभ देखिए उसको ‘कन्ट्याक ट्रेसिङ’ गरेर पीसीआर गरिनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*