काठमाडौंमा लकडाउनमा नियम कडा बनाइयो, यी सवारीलाई पास चाहिँदैन
काठमाडौं– कोरोना भाइरस संक्रमितहरु ठूलो संख्यामा वृद्धि हुन थालेपछि सरकारले बिहीबारदेखि लकडाउन कडा बनाएको छ ।
विगतमा दिइएका अन्तर जिल्ला आवागमन पास खारेज गरेको सरकारले बिहीबारदेखि सरकारी कर्मचारीलाई पनि पास अनिवार्य गरेको छ । सरकारले लकडाउन कडा बनाएसँगै बिहानैदेखि राजधानीमा आवागमन पातलो भएको छ ।
काठमाडौंमा अत्यावश्यक सवारी साधनलाई भने पास आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाल सवारी, कुटनीतिक नियोग, सूचना विभागको पास भएका पत्रकार, स्वास्थ्यकर्मी, औषधि ढुवानी, खानेपानी, फोहोरमैला व्यवस्थापन, ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति र अत्यावश्यक ढुवानीकर्तालाई पास चाहिँदैन । तर, त्यस्तो सवारीमा हुनेहरुले कर्मचारी परिचयपत्र भने राख्नुपर्नेछ ।