सरोकार केन्द्रको राहतले ५४६ लाभान्वित कसले दिए कसले पाए हेनुहोस पुरा विवरण
काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौले लक डाउनमा समस्या परेका जिल्लाबासीहरुलाई राहत वितरण गरेको छ ।
कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनले समस्या परेका ताप्लेजुङबासीहरुलाई सरोकार केन्द्रले कोरोना आपतकालिन राहत कोष स्थापना गरी राहत वितरण गरेको हो ।
ताप्लेजुङबाट काठमाण्डौमा आई बसोवास गरेका तथा मजदुरी पेशामा संलग्न भएका गरेका १५१ परिवारका ५४६ जनालाई राहत वितरण गरेको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयो ।
अध्यक्ष साँवाले सरोकार केन्द्रका सदस्यहरुबाट तथा विभिन्न ब्यक्तिबाट सहयोग जुटाई राहत विरण गरेको बताउनुभयो । आपतकालिन राहत कोष ब्यवस्थापन समितिको संयोजक सन्तोष मादेनले विभिन्न ब्यक्तिहरुबाट प्रतिबद्धता सहित तीनलाख छयानव्वेहजार आठसय पचासी रुपैया उठेको सोबाट प्रति परिवार चामल २५–३० केजीको एक बोरा, दाल २ केजी, तेल १ लिटर र नून १ केजी प्रति परिवारका दरले राहत वितरण गरेको बताउनुभयो । त्यस्तै सरोकार केन्द्रका कोषाध्यक्ष मिङमाडण्डु लामाले प्रति परिवार दुई हजार एकसय ५० रुपैया बरावरकोको राहत सहयोग गरिएको बताउनुभयो । अध्यक्ष साँवाले विपदमा परेको बेला मनकारीहरुले सहयोग गरेकोमा सवैलाई धन्यवाद समेत दिएको छन ।