भक्तपुरकी कोरोना संक्रमित युबती नर्स हैनन एकाउन्टेन्ट हुन् : प्रहरी
काठमान्डौ , भक्तपुरकी कोरोना संक्रमित युबती नर्स नभई एकाउन्टेन्ट रहेको खुलेको छ ।ललितपुर प्रहरी श्रोतले दिएको जानकारी अनुसार उनि आरोग्य फाउन्डेसनमा एकाउन्टेन्टको रुपमा कार्यरत रहेकी थिइन ।‘आरोग्य प्रतिष्ठान स्वास्थ्य सम्बन्धी काम गर्ने संस्था भएपनि उहाँ त्यो अस्पतालमा एकाउन्टेन्ट रहेको खुलेको छ’, प्रहरी स्रोतले भन्यो ।यस अघि भने युबती नर्स रहेको समाचार प्रकाशित भएको छ*। ’स्रोतका अनुसार ती युवतीलाई कोरोना संक्रमणको पुष्टि भएपछि एम्बुलेन्समा राखेर मंगलबार साँझ टेकु लगिएको थियो भने एम्बुलेन्समा चालक र युवतीसहित एक युवकसमेत सँगै गएका थिए ।
चालकले पीपीई लगाएको भएपनि युवकले पीपीई नलगाएको र अस्पताल परिसरमा जथाभावी हिँडेको पाइएपछि दुवै संस्था सिल गरेर सम्पर्कमा आएकाहरुको पीसीआर गर्ने तयारी भएको छ ।२५ वर्षीया कोरोना संक्रमित ती युवती पास बनाएर सुनसरीबाट मोटरसाइकलमा यही वैशाख २९ गते भक्तपुर आएकी थिइन् ।ठीमीस्थित शंखधर चोकमा बस्दै आएकी नर्स साथीको कोठामा गएर उनी बसेकी थिइन् । सुनसरी, रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएकी उनी सुनसरीबाट फर्किएपछि भने आफ्नो कोठामा नगएर साथीको कोठामा बसेकी हुन् ।
उनी झुम्कामा तीन दिन बसेको तर त्यहाँ कहाँ कसलाई भेट्न आएको हो भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।महिला सुनसरीबाट आउँदा नै संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ । मोटरसाइकलको पास बनाएर आएकी सङ्क्रमित महिलासंँग आउने पुरुष सुनसरी नै फर्किसकेका छन् । उनीहरु बाटोमा कहाँ कोकोसँग सम्पर्कमा आए तथा मोटरसाइकल चालक को थिए भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।