कोरोना निको भएर खुशि हुदै घर फर्किइन् कोरोना संक्रमित ६३ वर्षिय महिला

वेलकम खबर
बैशाख ३१, २०७७

चितवन, चितवनकी कोरोना संक्रमित महिला आज (बुधबार) दिउँसो डिस्चार्ज भएकी छन् ।राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलालाई आज भरतपुर अस्पतालले डिस्चार्ज गरेको हो । उनलाई लिन राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल भरतपुर अस्पताल आइपुगेकी थिइन् । संक्रमित महिलासंगै संक्रमित छोरा पनि संगै एम्बुलेन्स चढेर घर फर्किएका छन् । यसअघि नै निको भइसकेका उनका संक्रमित २७ वर्षीय छोरा आमाको स्याहार गर्दै आइरहेका थिए । महिलाको भने निरन्तरत रिपोर्ट पोजिटि आइरहेका थियो ।

तर लगातार दुई पटक गरिएको परीक्षणमा महिलामा कोरोना रिपोट नेगेटिभ आएको थियो ।भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीले लगातार रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बताए । उनले संक्रमित दुवैका अवस्था अहिले सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने बताए । उनले सोही अनुरुप राप्ती नगरपालिकालाई बिरामीको जिम्मा लगाईएको बताए ।दुवै जना संक्रमित निको भएसंगै चितवन अब तत्कालका लागि कोरोना संक्रमणमुक्त बनेको छ । आमा र छोरामा वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

त्यसपछि उनीहरुको स्वाब पुनः टेकु प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पनि पोजिटिभ देखिएपछि वैशाख ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*