फेरि १७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २०८ पुग्यो
काठमाडौं, ३० बैशाख । आज बिहान ५७ जनामा कोरोना संक्रमित देखिएको केही घन्टामा थप १७ जनामा संक्रमण देखिएको छ । आज थप १७ जनामा कोरोना संक्रमण फेला परेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।
यसअघि आजै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज दुई पटक भेटिएका संक्रमितसहित नेपालमा नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आजै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना थपिएका थिए । थपिएका संक्रमित सबै पुरुष रहेको र उनीहरुको उपचारको सुरु गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले बताएका थिए । संक्रमित मध्ये चार जना वीरजंगका पत्रकार समेत रहेको खुलेको छ ।
अहिलेसम्म १८ हजार ९ सय ६४ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको छ भने ५९ हजार ६ सय २७ जनाको र्यापिड बिधिबाट परीक्षण गरिएको छ । हाल २१ हजार ७८५ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । आइशोलेशनमा २२८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।