५० दिनपछि खुल्यो शेयर बजार

वेलकम खबर
बैशाख ३०, २०७७

काठमाडौं, ।लकडाउनसँगै बन्द भएको शेयर बजार ५० दिनपछि आज खुलेको छ । आजदेखि दैनिक तीन घन्टा शेयर बजार खुल्ने छ ।
सरकारले बैशाख २५ गतेपछि लकडाउन केही खुकुलो पार्ने रणनीति लिए पछि नेपाल धितोपत्र बोर्डले बजार खुला गर्न नेप्सेलाई निर्देशन दिएको हो। अझै पनि कोरोनाको रोकथाम भइनसकेको तर आंशिक रुपमा अत्यावश्यक सेवाका क्षेत्रलाई केही खुकुलो पार्ने सरकारको रणनीतिपछि बजार खुला गर्न नेप्से तयार भएको हो।

बोर्डले बैशाख २६ गतेको छलफलपछि आजदेखि बजार खोल्ने निर्णय गरेको थियो। लगानीकर्ताको बजार घट्ने डरलाई संवोधन गर्दै बोर्डले नेप्से सूचक एक दिनमा २ प्रतिशतभन्दा तल(माथि भएमा सर्किट लाग्ने व्यवस्था गरेको छ। साथै रोकिएको बजारलाई चलाउन सुरुवातमा दैनिक दुई घण्टामात्रै खोल्ने निर्णय गरेको छ। यसले लगानीकर्ताको बजार धेरै अंकले घट्न सक्ने डरलाई केही हदसम्म सम्बोधन गरेको छ।

बजार बन्द गर्नु अगाडि पनि अर्थमन्त्रालय शेयर बजार बन्द गर्ने पक्षमा थिएन। अनलाइनबाटै कारोबार गर्ने भएकाले बजार बन्द गर्नु नपर्ने सरकारको राय थियो। तर दोस्रो बजारमा पूर्ण अनलाइन कारोबार नभएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए।
नेप्सेले अनलाइन प्रणालीको विकास गरे पनि अझै पनि लाखौं लगानीकर्ता ब्रोकर कार्यालयमै गएर अर्डर पोस्ट गर्छन्। त्यस्तै शेयर खरिद बिक्री पछिको राफसाफ प्रणाली अझै पनि अनिवार्य अनलाइन भैसकेको छैन। त्यस्तै शेयर खरिद बिक्रीपछि भुक्तानी हुने रकमका लागि ब्रोकर कार्यालय धाउनु पर्ने वाध्यता छ।

नेप्सेले साउनदेखि अनलाइन कारोबार अनिवार्य गर्ने जनाएको छ। यदि अहिलेको अवस्थामा ५१ प्रतिशतभन्दा माथिको कारोबार अनलाइन प्रणालीबाट भएको भए बजार बन्द गर्नु नपर्ने अवस्था थियो। त्यसैले बोर्ड र नेप्सेले अनलाइन कारोबार सुधार गर्ने योजना बनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*