बुटिक एयरपोर्टको काम अन्तिम चरणमा (फोटो फिचर)

वेलकम खबर
बैशाख २५, २०७७

काठमाण्डौ । बुटिक विमानस्थलको रुपमा विकास गर्न शुरु गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुढुणिकरणको काम अन्तिम चरणमा पुगेको छ ।


सँस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले निर्माणाधिन एयरपोर्टको बुधवार निरीक्षण गदै लकडाउन पछि एयरपोर्ट खुल्दा सवैकाम सकिने गरी काम गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।
मन्त्री भट्टराईले लकडाउने गर्दा एयरपोर्टमा निर्माणको काम गर्न सहज भएकोले बताउदै तिब्र गतिमा काम गर्न निर्माण सम्लग्नहरुलाई आग्रह गर्नुभयो ।  एयरपोर्टमा रनवे,हल, डिपाचर ठूला जहाज राख्न मिल्ने पाकिङ स्थल निर्माणको काम  अन्तिम चरण पुगेका बताउनुभयो ।
अहिले ३ हजार ५० मिटर रहेको विमानस्थलको धावनमार्गमा ३ सय मिटर बढाउने काम अन्तिम चरणमा पुगेको हवाई यातायात क्षमता अभिबृद्धि आयोजना प्रमुख मुरारी भण्डारीले बताउनभयो । उहाँले अवको सात दिन भित्र रनवेको काम सकिने समेत बताउनुभयो ।


त्यस्तै विमानस्थलमा पाकिङ वेको का पनि अन्तिम चरण पुगेका आयोजना प्रमुख भण्डारीले बताउनुभयो । उहाले दुई ठूला जहाज राख्न मिल्ने गरी पाकिङ वे निर्माण भई रहेको बताउनुभयो ।


त्यस्तै ‘डिपार्टिङ वे’ को काम पनि अन्तिम चरणमा पुगेका आयोजनाले जनाएको छ १ हजार ५ सय यात्रु क्षमताको प्रस्थान हल निर्माण काम पुरा भएको छ । भने एक्जीट टर्मिनलको काम समेत सकिन लागेको जानकारी दिईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*