अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द
काठमाण्डौ । काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय उडान तथा सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले जेठ ५ गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउनको समय थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको प्रयास सफलतातर्फ उन्मुख भएकाले लकडाउन लम्ब्याउने निर्णय गरिएको उनको भनाइ छ । यसअघि घोषणा गरिएको लकडाउन भोलिदेखि सकिँदै थियो ।
सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दै आएको छ । खुकुलो बनाउने विभिन्न विषयमा छलफल भए पनि अहिलेलाई देशैभर लकडाउन थपिएको छ ।