कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ लाख ५२ हजार नजिक
काठमाडौँ। विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २ लाख ५२ हजार नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या २ लाख ५१ हजार ९४७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ७८ हजार ९३७ जना थप सङ्क्रमितको पुष्टि भए सँगै सङ्क्रमितको सङ्ख्या ३६ लाख ४१ हजार २०५ पुगेको हो। अहिले सम्म विश्वभर ११ लाख ९२ हजार ९४८ जना उपचार पछि ठिक भएका छन्।
कोरोना भाइरसको केन्द्र विन्दु बनेको अमेरिकामा १२ लाख ११ हजार ८३९ सङ्क्रमित भएका छन् भने ६९ हजार ७०९ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ८७ हजार २५ निको भएर फर्किएका छन्। इटालीमा अहिले सम्म २ लाख ११ हजार ९३८ सङ्क्रमित भएका छन्। त्यस्तै मृत्यु हुनेको सख्य २९ हजार ७९ पुगेको छ। यसैबीच ८२ हजार ८७९ उपचार पछि निको भएर फर्किएका छन्।
स्पेनमा २ लाख ४८ हजार ३०१ सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या २५ हजार ४२८ पुगेको छ। यसैबीच एक लाख ५१ हजार ६३३ जना उपचार पछि निको भएर फर्किएका छन्। फ्रान्समा अहिले सम्म एक लाख ६९ हजार ४६२ सङ्क्रमित भएका छन् भने २५ हजार २०१ जनाको मृत्यु भएको छ। यसैबीच ५१ हजार ३७१ जना उपचार पछि निको भएका छन्।
बेलायतमा अहिले सम्म एक लाख ९० हजार ५८४ सङ्क्रमित भएका छन्। भने मृत्यु हुनेको सङ्ख्या २८ हजार ७३४ पुगेको छ। बेल्जियममा ५० हजार २६७ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ९२४ जनाको मृत्यु भएको छ। यसैबीच १२ हजार ३७८ जना उपचार पछि निको भएका छन्।
ब्राजिलमा एक लाख ७ हजार ८४४ जना सङ्क्रमित भएका छन् भने ७ हजार ३२८ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा अहिले सम्म ४५ हजार ८१५ जना उपचार पछि निको भएका छन्। जर्मनीमा एक लाख ६६ हजार १५२ कुल सङ्क्रमित भएका छन् भने ६ हजार ९९३ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ३२ हजार ७ सय उपचार पछि निको भएका छन्।