आगलागी पीडितहरुलाई राहत तथा पुनस्थापना गर्न माग

वेलकम खबर
बैशाख २२, २०७७

काठमाण्डौ । ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङ बजारमा गत शुक्रवार आगलागीमा भएको क्षति प्रति विभिन्न पार्टीले दुख ब्यक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )आबद्ध ताप्लेजुङ काठमाण्डौ सम्पर्क मञ्च र
नेपाली काँग्रेस ताप्लेजुङ काठमाडौं सम्पर्क समिति काठमाण्डौले छुट्टाछुटै विज्ञप्ती प्रकाशति गरी आगलागीको घटना प्रति दुख ब्यक्त गरेका हो ।

सम्पर्क मञ्चका तर्फबाट अध्यक्षद्धय सन्तोष मादेन र मिङमा डण्डु लामाले हस्ताक्षर गरी निकालिएको विज्ञप्तीमा पीडितहरुलाई तत्काल राहत र तथा पुनस्थापनको लागि सरकारसँग माग गरेका छ । त्यस्तै सम्र्पक समितिको तर्फबाट सभापति भक्तिराज भट्टराईद्धारा जारी विज्ञप्तीमा पिडितहरु प्रति सहानुभूति प्रकट गर्दै, तत्कालै उद्दार र राहतको प्रवन्ध मिलाउन सम्बन्धि निकायसँग माग समेत गरेको छ । विज्ञप्तीमा भविष्यमा हुन सक्ने यस्ता दैविक बिपत्तिहरुलाई मध्यनजर गर्दै विशेष सचेतताना अपनाउन सवैमा अनुरोध समेत गरेका छ ।
आगलागीमा परि आठ घर जल्दा ३६ परिवार विस्थापित भएका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*