१५ दिन लकडाउन थप्नेबारे छलफल

वेलकम खबर
बैशाख २२, २०७७

काठमाण्डौ । सरकार कडाउनको अवधि १५ दिन थप गर्ने तयारी गरेको छ । बैशाख २५ सम्म कायम लकडाउनको अवधि थप गरी सरकारले जेठ १० गतेसम्म कायम गर्ने तयारी गरेको हो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा कोरोना संंक्रमित बढ्दै गएको र भारतमा पनि संक्रमण दर बढिरहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो ।

अहिले नै लकडाउन हटाउँदा स्थिति भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको बताईएको छ । यद्यपी औपचारिक निर्णय भने भइसकेको छैन ।

बैठकमा केही मन्त्रीहरुले भने क्षेत्र अनुसार कतै कतै लकडाउन खुकुलो बनाउन सकिने प्रस्ताव पनि गरेका थिए । लकडाउन लम्ब्याउने भएपनि यसको मोडलबारे भने तय भईसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*