नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौँ, २१ वैशाख – नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालगञ्जका १६,२१,३४ वर्षका पुरुषहरु र ४०,५५,६० वर्षीय महिलाहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा आज पहिलोपटक एक्कैचोटि १६ जना सङ्क्रमित देखिएको पहिलोपटक हो । यसअघि वैशाख ५ गते एकै दिन उदयपुरमा १२ र चितवनमा दुईजना सङ्क्रमित देखिएका थियो ।
यस सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् ।