६ जिल्लाका एसपी फेरिए, डिएसपीको पनि हेरफेर तयारी

वेलकम खबर
बैशाख २०, २०७७

काठमाडौं, २० बैशाख ।

प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा एसपीको सरुवा गरेको छ । एसएसपीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो ।

सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी(पश्चिम)का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो ।

त्यस्तै एसपीमा बढुवा भएपछि डिएसपी इन्चार्ज रहेका कार्यालयमा पनि सरुवा गर्न लागिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*