थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो
काठमाडौं,रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुने वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुष छन् । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अन्यको अवस्थापनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।