प्रधानमन्त्रीले धैर्यतापूर्वक मेरा सल्लाह सुन्नुभयो, थोरै बोल्नु भयो: उपाध्यक्ष गौतम

वेलकम खबर
बैशाख १४, २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भनिएको विवाद बारे उपाध्यक्ष गौतमले स्पष्टीकरण दिएका छन् ।

आइतबार एक नोट मार्फत उपाध्यक्ष गौतमले भनेका छन्, हिजो १३गते प्रधानमन्त्री र मेराबीच भएका कुराकानीको सम्बन्धमा मनमौजी तरिकाले टिप्पणी भएको पाएँ ।  पार्टी भित्र र पार्टी सरकारबीच र अन्य पार्टी र सरकारबीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएका थिए ।

समय र परिस्थिति प्रतिकूल जारी अध्यादेश खारेज गरे पनि पार्टी भित्र अनेकौँ समस्या उत्पन्न समस्या भएको उल्लेख गरेका छन् ।  उपाध्यक्ष गौतमले यस समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइबास गरी गरेर हैन प्रधानमन्त्रीले अप्रत्यक्ष किसिमले छलफल गरेर सबै किसिमका बिचारहरूको सामना गरेर मात्र समाधान गर्न सकिने सुझाव दिएको उल्लेख गरेका छन् । त्यस्तै सचिवालय,स्थायी कमिटी र पार्टी केन्द्रीय कमिटीको बोलाउनुहोस् भनेको उल्लेख गरेका छन् ।

उनले सबै कमरेडहरूको सुझावको सम्मान गर्दै साझा प्रयत्नबाट समस्याहरू समाधान गर्न भनेको जनाएका छन् । उहाँले धैर्यतापूर्वक मेरा सल्लाह सुन्नु भयो । थोरै बोल्नु भयो म बिदा भए । भएको यत्ति नै हो भनेर स्पष्टीकरण दिएका छन् ।

उपाध्यक्ष गाैतमकाे प्रेस नाेट जस्ताकाे त्यस्तै

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*