मन्त्रिपरिषदको बैठक दिउँसो २ बजे बस्दै, लकडाउन थप्नेबारे निर्णय हुने

वेलकम खबर
बैशाख १४, २०७७

काठमाडौं, लकडाउन थप्नेबारे निर्णय हुन आज मन्त्रिपरिषद बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो दुइबजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

आजको बैठकमा लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको थियो । समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले लकडाउनलाई केही परिमार्जन गरेर लम्व्याउने तयारी गरेको छ।

यसका साथै सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ। अहिलेसम्म लकडाउनकै कारण कोरोना संक्रमण फैलनबाट बच्न सकेको निष्कर्ष निकाल्दै समितिले सानो लापरवाहीले ठुलो क्षति व्योहोर्न नसकिने भन्दै लकडाउन थप्न सुझाब दिएको छ । सरकारले चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । तीन पटक सम्म थपएिको लकडाउनको समय भोलि वैशाख १५ गते सकिदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*