काठमाण्डौबाट ताप्लेजुङ फिर्दा (भिडियो सहित )
काठमाण्डौ । लकडाउनले काठमाण्डौ समस्या परेका ताप्लेजुङबासीहरुलाई घर पठाईएको छ । विभिन्न पेशा ब्यवसाय गरेर काठमाण्डौ बसेका ताप्लेजुङका नौ पालिकाका छ सय ४८ जनालाई घर पठाईएको हो ।
कोरोना संत्रमण फैलन नदिन देशलाई लकडाउनमा राखेको महिना दिन वित्दा पनि खुल्ने कुनै छाटकाट नभएपछि ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौको संयोजनमा घर फिर्न जान चाहनेहरुका लागि बसको ब्यवस्था गरेपछि २१ बटा गाडीमा ६ सय ४८ जना ताप्लेजुङ फिरेका सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयो ।
फुङलिङ नगरपालिका वडा ४ का उमेश श्रेष्ठले लक डाउनले समस्या परेर काठमाण्डौमा बसेको बेला यसरी सरोकार केन्द्रले बसको ब्यवस्था गरेकामा केन्द्रलाई धन्यवाद दिदै घर जान पाएकोमा खुशी देखिन्थे । यसरी घर जान पाएकोमा कोही बाल बच्चा बोकेर कोही परिवारसँग पानीमा रुझदै निस्केको थिए ।
सरोकार केन्द्रले पालिका अन्तर्गत गाडीको ब्यवस्था गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईले खानाको ब्यवस्था गर्नु भएको थियो भने सरोकार केन्द्रले पानीको ब्यवस्था गरेको थियो । घर जानेहरुमा फुङलिङ नगरपालिकको १६५जना सिदिङमाको ३८ जना, सिरिजंघाको ३५ जना,मिक्वाखोला ७६ जना मैवाखोलाको ८० जना पाथीभरा याङवरकको ३६ जना फक्ताङलुङको १०४ जना मेरिङदेनको ६२ जना आठराई त्रिवेणी गाउपालिकाको ५२ जना गरी ६ सय ४८ जना गएको बताएका छन ।