काठमाण्डौमा रहेका ताप्लेजुङेहरु घर फिदै

वेलकम खबर
बैशाख १०, २०७७

काठमाण्डौ । कोरोना संत्रमण फैलने नदिन सरकारले गरेको लकडाउन अझ लम्बिने संकेत बुझेपछि काठमाण्डौमा बसेका ताप्लेजुङबासीहरु घर फिर्न तयार भएका छन ।
लकडाउन भएको महिना दिन वित्दा पनि लकडाउन खुल्ने कुनै छाटकाट नदेखेपछि काठमाण्डौमा विभिन्न पेशा ब्यवसाय तथा अध्ययन गर्न आएका ताप्लेजुङबासीहरु घर फिर्न तयार भएको हो ।


ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौको संयोजनमा जिल्ला फिर्न चाहनेहरुको लागि विहिवार गाडीको ब्यवस्था गरिएको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयो । घर फिर्न चाहनेहरुको लागि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले खानाको ब्यवस्था गर्ने भएको हो ।

यता ताप्लेजुङको विभिन्न गाँउपालिकाहरुले काठमाण्डौबाट घर फिर्नेहरुको लागि यातायात खर्च तथा खानाको ब्यवस्था गर्ने भएको छ । फक्ताङलुङ र मैवाखोला गाउपालिकाले आफनो गाउपालिकाका बासिन्दाहरुलाई गाडी भाडा तथा खानाको ब्यवस्था गर्ने भएको छ भने सिदिङमाले यातायातको ब्यवस्था गरेका छ । त्यस्तै मिक्वाखोला,आठराई त्रिवेणी,गाउपालिकाले पनि छलफल गरिरहेको बुझिएको छ । घर फिरेकाहरुले  अनिवार्य क्वारेन्टाईनमा बस्नु पर्ने बताईएको छ ।
काठमाण्डौबाट ताप्लेजुङ जानेहरु अहिले सम्म चार सय जनाले नाम लेखाई सकेको सरोकार केन्द्रले जनाएका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*