उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

थप परिक्षणको लागि धरान पठाईयो
वेलकम खबर
बैशाख ९, २०७७

विराटनगरः जनालाई कोरोना भाइरस पुष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका ८ जनालाई कोरोनाको पुनः परीक्षणका लागि मंगलबार धरान लगिएको छ ।

गत आइतबार स्वाब संकलन गरेका ६९ जनामध्ये उनीको पीसीआर परीक्षण गर्दा शंकास्पद देखिएको भन्दै नयाँ स्वाब संकलन गरी पुनः परीक्षण गर्न उनीहरुलाई धरान लगिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुर स्रोतले जनाएको छ ।

विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गएको स्वास्थ्यकर्मीको टोलीले आइतबार १३ जना संक्रमित भेटिएको भुल्केस्थित मस्जिद परिपरीका मुस्लिम बस्तीका ६० जना र अन्य ९ जनाको स्वाब संकलन गरेको थियो ।

कोसी अस्पतालस्थिल ल्याबमा परीक्षणका क्रममा ८ जनाको स्वाबको कोरोना भाइरस शंकास्पद भेटिएको भन्दै पुनः परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्रोतले जनाएको छ ।

उनीहरुको विराटनगरमा गरिएको पीसीआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त भएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।

स्थानीय अनुसार प्रहरीसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले चारचार जनाका दरले दुईवटा एम्बुलेन्समा राखेर लगिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*