पर्यटन क्षेत्रमा कोरोना प्रभावको बृहत सर्वेक्षण हुँदै

वेलकम खबर
बैशाख ७, २०७७

कोरोनाभाइरस (कोभिड१९)को बारेमा नेपाल पर्यटन बोर्डले अनलाइन सर्वेक्षण सुरु गरेको छ । बोर्डले पर्यटनका विभिन्न क्षेत्रमा परेको कोरोनाको प्रभावबन्दाबन्दीको असरजोखिम न्यूनीकरणको अवस्था र सरकारी राहत तथा नीति निर्माणमा आवश्यक सहयोग गर्ने उद्देश्यले सर्वेक्षण गरेको जानकारी दिएको छ ।

बोर्डले पर्यटनका प्रमुख अंगहरू  एयरलाइन्सहोटलपर्यटक सवारीरेष्टुरेन्टजलयात्रापदयात्रा र पर्वतारोहणट्राभल एन्ड टूर र अन्य पर्यटकीय क्षेत्रको अध्यययन गर्न सुरु गरेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीका अनुसार निजी क्षेत्रसँग तथ्यांक संकलन गरेर प्रतिवेदन बनाइने छ । यस्तो प्रतिवेदनका लागि बोर्डले क्षेत्रगत व्यवसायको लागि छुट्टाछुट्टै प्रश्नावली बनाएको छ ।

यस्तो प्रश्नावलीबाट आएको प्रतिकृयालाई बोर्डले मंगलबार बेलुकासम्म संकलन गरेर प्रतिवेदन बनाउने रेग्मीले जानकारी दिए ।

बोर्डले माग गरेको विवरणबाट करिब ५ सय वटा निजी संस्थाबाट फाराम संकलन गरिसकेको छ । यसको प्रशोधन बोर्डका कर्मचारीबाट भइरहेको छ । पर्यटन बोर्डले प्रतिवेदन तयार बनाएर पर्यटन मन्त्रालय पेश गर्ने छ । बोर्डका सीईओ रेग्मीका अनुसार मन्त्रालय र बोर्डले संयुक्त प्रयाबाट तयार हुने यस्तो प्रतिवेदनका आधारमा निजी क्षेत्रको कोरोना प्रभावको सामान्य खाका आउने छ । सोही खाकाका आधारमा सरकारले आगामी दिनमा लिने नीतिगत निर्णय र आवश्यक कदमका निम्ति थप सहज हुने उल्लेख  छ ।

यो सर्वेक्षणबाट पर्यटन क्षेत्रमा परेको कोरोना प्रभावको क्षति अनुमान हुने र क्षेत्रगत तथ्यांक पनि आउने बोर्डको भनाइ छ । व्यवासीले माग गरेका राहतसहुलियतपर्यटन मजदुरको कल्याणमा चाल्नुपर्ने भूमिका सहितमा यो प्रतिवेदनपछि निर्णय लिन पनि सहज हुने अनुमान बोर्डको  छ ।

पर्यटन व्यवसायीले पटक पटक बोर्डमा कोरोना प्रभावको विषयमा सरकारी राहत र आवश्यक पलहको विषयलाई उठान गर्दै आएका छन् । पर्यटनका विभिन्न निकायले बोर्डले गरेको सर्वेक्षणमार्फत आआफ्नो क्षेत्रका कार्यरत जनशक्तिलगानीऋणबुकिङको अवस्थाकारोबारमा परेको प्रभावसहितको विषयमा जानकारी दिने गरी बोर्डले सर्वेक्षणको निम्ति प्रश्नावली बनाएको हो । सोही आधारमा प्रतिवेदन तयार हुने बोर्डले जानकारी दिएको छ ।

पर्यटन बोर्डको यो सर्वेक्षण बाहेक विभिन्न पर्यटकीय संघ संस्थाले आआफैं  पनि अध्ययन गरिएका छन् । पर्यटनका विभिन्न संस्थाले आफूले तयार पारेको प्रतिवेदनबाट सम्बन्धित क्षेत्रको स्पष्ट चित्र दिने दाबी पनि गरेका छन् ।

एयरलाइन्सको अध्ययन गर्दै वायुसेवा संचालक संघ

निजी क्षेत्रबाट जहाज सञ्चालन गरिहेको वायसेवाको छाता संस्था वायुसेवा सञ्चालक संघले कोरोना र लकडाउनले पारेको प्रभावसहितका विषयमा अध्ययन थालेको छ । कोरोना प्रभाव देखिन थालेपछि र वायुसेवाको सञ्चालनमा असर परेपछिको अवस्थासहितको विषयमा अध्ययन सुरु गरिएको संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए । उनका अनुसार प्रत्येक वायुसेवाको गत वर्षको प्रतिवेदन केलाउनेगत वर्ष जनावरीदेखि मे सम्म भएको कारोबारयात्रु सेवायोगदानसहितका विषयसँग यो वर्षलाई तुलना गर्ने काम भइरहेको छ ।

कँडेलका अनुसार यो वर्ष सन् २०२० मा सन् २०१९ को तुलनामा १२ प्रतिशतले यात्रु बृद्धि हुने अनुमान थियो । गत वर्ष आन्तरिक हवाई यात्रु ३२ लाख थिए । यो सख्या करिब १२ प्रतिशतले बढाएर करिब ३६ लाख पुग्ने अनुमान संघको थियो ।

यो संख्या कोराना प्रभावका कारण घट्ने भएको छ । कति यात्रु घट्छनवार्षिक कारोबारमा कति प्रभाव पर्छ र कति कर्मचारी प्रभावित हुन्छन्हवाई क्षेत्रले कति क्षति व्यहोर्नुपर्छसरकारी राहत र सहुलियत कुन क्षेत्रमा कसरी दिनुपर्छ भन्नेसहितको विषयमा वायसेवा संघले अध्ययन गरिरहेको जानकारी पनि प्रवक्ता कँडेलले दिए ।

उनले भने निजी वायुसेवामा काम काम गर्ने कर्मचारी चार हजार भन्दा बढी छन् भने ९८ प्रतिशत बजार हिस्सा निजीकै छ ।

अहिलको कोरोना प्रभावका कारण बार्षिक आम्दानीमा ठूलो धक्का लाग्नेकर्मचारी कटौती हुने र वायुसेवाको भविष्य नै अन्योलमा पुग्ने अवस्था देखिएको छ । कोरोना प्रभावका कारण कतिपय वायुसेवा बन्द हुनेकेही मर्जरमा जानुपर्ने र केहीले भने यो क्षेत्रबाट विस्थापित हुनुपर्ने अवस्था आउने देखिएको छ ।

यो क्षेत्रको समग्र अवस्था र अवको रणनीति तथा आवश्यक राहत प्याकेजसहितको विषयमा संघले अध्ययन गरिरहेकोले प्रतिवेदनपछि मात्रै यो क्षेत्रको बारेमा यथार्थ विवरण संकलन हुने शर्माले जानकारी दिए ।

आतिथ्यता जोगाउन हानको पहल

नेपालका पर्यटकीय स्तरभन्दा माथिको होटलले भोगिरहेको समस्या र यसको समाधानको विषयमा होटल संघ नेपाल (हान)ले आवश्यक अध्ययन गरिरहेको छ । हानका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार पर्यटनमा सबैभन्दा धेरै लगानी भएको र कर्मचारी पनि अधिक भएको क्षेत्र नै होटल हो ।

यो क्षेत्रमा औपचारिक र अनौपचारिक गरी करिब १० लाख कामदार रहेका छन् । नेपालको होटल क्षेत्रमा अहिलको मूल्यांकन अनुसार रु.१० खर्ब भन्दा बढीको लगानी रहेको दाबी शाहको छ । यति ठूलो लगानी भएको यो क्षेत्र अहिले ठप्प छ ।

कर्मचारीको न्युनतम बेतन दिनेसेवा क्षेत्र टिकाउने र आतिथ्यता सेवालाई जोगाउने कसरी भनेर अहिले सरकारी निकायसँग समन्वय गरेर हानले आफ्नो धारणा बनाउँदै छ ।

पर्वतीय पर्यटनको समस्या औल्याउँदै एनएमए

नेपालको पर्यटनमा खर्चालु पर्यटक भित्र्याउने क्षेत्र नै पर्वतीय पर्यटन हो । विश्व समूदाय अहिले कोरोना भाइरसको संक्रमणले आक्रान्त बनेको छ । यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पनि परेको छ ।

अहिले सामान्य अवस्था हुन्थ्यो भने पर्वतारोहणाक लागि पर्यटन व्यवसायीको भ्याइँनभ्याइँ हुने मौसम भएको नेपाल पर्वातारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामाको भनाइ छ । उनका अनुसार पर्वतारोणमा आउने पर्यटक एक जनाले कम्तिमा रु.४० लाखदेखि रु.१ करोडसम्म नै खर्च गर्ने मौसममा समग्र पर्वतीय पर्यटन ठप्प छ ।

पर्वतीय पर्यटनमा आश्रित मजदुरगाइडभरियासहितको लाखौंका जनशक्ति बेकामे भएका छन् । यो क्षेत्रमा परेको प्रभावमजदुर वर्गका वास्तविक समस्या र अवको आवश्यकतासहितको विषयमा विभिन्न पर्वतीय संघ संस्थाको समन्वयमा एनएमएले पनि एक अध्ययन प्रतिवेदन तयार पार्न थालेको जानकारी एनएमएका अध्यक्ष लामाले दिए ।

पदयात्रा जोगाउने उपाय खोज्दै टानको

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)ले पदयात्रा र पर्वतारोहणमा परेको कोरोना प्रभावको विषयमा अध्ययन गरिरहेको छ । हामीले संस्थागत रूपमा आफ्नो दायित्व सम्झेर पनि काम गरिरहेका छौं, टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए ।

टानले यो क्षेत्रमा भएको रोजगारीको अवस्थाक्षतिमदजुर तथा गाइडको अपेक्षारातह र सरकारी सहुलियत तथा व्यवसायीक अपेक्षसहितको विषयमा अध्ययन गर्दै छ । यो अध्ययन टानमा आवद्ध १८ सय व्यवासायीले आवश्यक परिपत्र गरिएको छ ।

सबै व्यवसायीले उपलब्ध गराउने तथ्यांकपछि आवश्यक प्रतिवेदन बन्ने र पदयत्रा र पर्वतीय पर्यटनको बारेमा यथार्थ विवरण आउने जानकारी पनि टानका अध्यक्ष सुवेदीले दिए । टानले पदयत्रा जोगाउने र भोलीका दिनमा यसलाई टिकाउने विकल्पको बारेमा अध्ययन गरिरहेको छ ।हिमालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*