कांग्रेस र एमालेलाई माओवादीले ठुलो पार्टी बनाएको हो : दाहाल

मोरङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहालले २०८४ सम्म कांग्रेस र एमालेसँग गठबन्धन नहुने दाबी गरेका छन्। आज विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेका हुन्।
माओवादी केन्द्रले दक्षिण भेगका जनतासँग अपिल तथा सम्वाद गर्न अभियान चलाएको उनले स्पष्ट पारे। अध्यक्ष दाहालले भष्ट्राचारीलाई कारबाही गर्न थलेपछि यो सरकार बनेको उनकाे भनाइ छ। उत्पादन वृद्धि गर्ने र रोजगारी बढाउने लक्ष्य रहेको दाहालले बताए।
पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याउने बारेमा विवाद नभएको उनको भनाइ छ। झापा र मोरङमा अभियान चलउँदा जनसम्पर्क बढेको उनले बताए। अभियानका क्रममा जनलहर हेर्दा ६४ को झल्को पाएको उनले जिकिर गरे।
कांग्रेस र एमालेलाई माओवादीले ठुलो पार्टी बनाएको अध्यक्ष दाहलको दाबी छ। माओवादीले छाडेपछि कांग्रेस र एमाले ठुलो हुन पनि छाडेको उनले बताए। यही लहर बचाउन सके ठुलो पार्टी बन्ने उनले बताए। प्रत्यक्ष कार्यकारी राष्ट्रपति आवश्यक रहेको दाहालले दोहोर्याए। पूर्वराजाको भनाइलाई आफूले मतलब नदिएको समेत उनले उल्लेख गरे।-nagariknews