वालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ। निर्धारित समयभन्दा केही घण्टा ढिलो गरी शुरु भएको बैठक अहिले बसिरहेको छ।
बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल गर्ने र आवश्यक निर्णयहरू लिने तयारी गरिएको छ। प्रशासन विशेष स्रोतका अनुसार केही महत्त्वपूर्ण अध्यादेशहरू बैठकको एजेन्डामा समावेश हुने सम्भावना रहेको बताइएको छ।