हाङदेवाका ६ सय ११ विद्यार्थीलाई ज्याकेट

वेलकम खबर
पुस २६, २०८१

ताप्लेजुङ । सोर्स एक्सन नेपालले फुङलिङ नगरपालिका-९ हाङदेवाका ६ सय ११ जना विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ । अध्यक्ष पासाङ शेर्पाले हङकङमा बनाएर ल्याएको राम्रो गुणस्तरको ज्याकेट वितरण गरेको दाबी गरे ।

हाङदेवामा जन्म भई हाल समाज कल्याण परिषद्को योजना शाखामा कार्यरत रामराज भट्टराईले संस्था र स्थानीय तहबीच समन्वय गराएका थिए । गत वर्ष यहाँको वडाले ज्याकेटका लागि प्रस्ताव पठाएको वडाध्यक्ष लक्षुमन गुरुङले बताए ।

‘आफ्नो वडामा विपन्न विद्यार्थी भए संस्थामा आवेदन गर्न भट्टराईले भन्नुभएको थियो,’ वडाध्यक्ष गुरुङले थपे, ‘हामीले सामुदायिक विद्यालयका सबै विद्यार्थीको विवरण पठाएका थियौं, अहिले प्राप्त भएर वितरण गर्‍यौं ।’ आफ्नो वडाका सामुदायिक विद्यालयमा पढ्ने सबैजसो विद्यार्थी विपन्नै भएको गुरुङको दाबी छ ।-ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*